नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी
काठमाण्डौ।नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरी प्राधिकरण सञ्चालक समितिको बैठकले पारित गरेको उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणको साउन ८ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकले आगामी आवको बजेट स्वीकृत गरेको गरेको थियो...